
काठमाडौं उपत्यकामा मात्र २ हजार ६ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३ सय ६५ र भक्तपुरमा २ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल २० हजार ९ सय ७९ नमूना परीक्षणमा पीसीआरतर्फ ८ हजार १३६ र एन्टीजेनतर्फ ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको कुल संख्या ५ हजार ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् ।