१५ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंकको 'एमबीएल केयर क्रेडिट' सुविधा, उपचारका लागि १० लाखसम्म कर्जा लिन सकिने

माछापुच्छ्रे बैंकको 'एमबीएल केयर क्रेडिट' सुविधा, उपचारका लागि १० लाखसम्म कर्जा लिन सकिने

माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

 उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछन् ।

हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकहरुले बैंकको वेबसाइट मा ( https://www.machbank.com/online-credit ) गई क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । 

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा गरेको बैंकले जनाएको छ |

salt training

कमेन्ट गर्नुहोस्