नयाँ दिल्ली, १८ जेठ– पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री विमान दुर्घटनाबाट बाल बाल बचेकी छन् । ट्वीटरमा एक भिडियो सेयर गर्दै सन्नीले नै आफू र आफ्नो समूहका व्यक्ति दुर्घटनाबाट बाल बाल बचेको बताएकी छन् ।
भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनीहरु बढेको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगेको थियो । तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।
ट्वीटरमा सेयर गरिएको उक्त सन्नी लियोनले एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।