११ असार २०८३, बिहीबार

पोखरीमा डुबेर २ किशोरीको मृत्यु

जेठ ५, २०७८
पोखरीमा डुबेर २ किशोरीको मृत्यु
प्रतिकात्मक तस्वीर

सप्तरीको कञ्चनरुप नगरपालिकामा २ किशोरीको बुधवार पोखरीमा डुबेर मृत्यु भएको छ ।

नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो ।

रोक्दारोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन् ।

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताइन् । शवलाई पोस्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्