१० असार २०८३, बुधबार

कोरोनाबाट ब्याडमिन्टन संघका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु

जेठ ५, २०७८
कोरोनाबाट ब्याडमिन्टन संघका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु

कोरोना संक्रमणका कारण नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमणबाट स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मंगलवार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उनको मृत्यु भएको दाजु श्रेष्ठले बताए ।

श्रेष्ठ ब्याडमिन्टन संघ नवलपरासीका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी समेत हुन् ।

कोरोना संक्रमणका कारण हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ५८ जनाको मृत्यु भइसकेको छ । हाल जिल्लामा १ हजार ९७ जना सक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।

चापागाईका अनुसार पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिँदा ९७ जना निको भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्