२५ जेठ २०८३, सोमबार

सबै नागरिकलाई खोप लगाउने प्रवन्ध मिलाउन काँग्रेसको माग

सबै नागरिकलाई खोप लगाउने प्रवन्ध मिलाउन काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरेर सबै नागरिकलाई लगाउने प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ । 
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार जनताको जीवन रक्षाको लागि गम्भिर र संवेदनशिल नभएको निष्कर्ष निकाल्दै कोरोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रवन्ध मिलाउन माग गरेको हो । 

जनताको जिवन रक्षाको निम्ति सरकार गम्भिर बन्नुपर्नेमा बैठकले जोड दिएको प्रमुख सचेतक बालकृष्ढा खाँडले बताए । 
कांग्रेसले कोभिड १९ को सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत विश्लेषण÷सन्देश र धारणाले नेपाली नागरिकले ठुलो नोक्सानी बेहोर्नुपरेको ठहर पनि गरेको छ । 

त्यस्तै कोभिड १९ नियन्त्रण तथा उपचारका लागि अन्तर्राष्ट्रिय निकायले गरेको सहयोगको निम्ति धन्यवाद पनि दिइएको छ । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, अस्पताल सञ्चालक तथा व्यवस्थापक, सुरक्षाकर्मी र सरसफाईकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै उहाँहरुको मनोबल उच्च बनाउनका लागि सरकारले विशेष प्याकेज ल्याउन आग्रह गरिएको पनि प्रमुख सचेतक खाँडले बताए । 

salt training

कमेन्ट गर्नुहोस्