
बाहुबलीका दुई फिल्म हिट भएसँगै त्यसका नायक प्रभासको चर्चा यतिखेर चुलिएको छ ।
बाहुबली २ ले सवै रेकर्ड तोड्दै उनलाई सफलता दिएसँगै उनको फ्यानहरुको संख्या बढेको छ । उनलाई मन पराउने ६ हजार बढी युवतीले विवाहको प्रस्ताव राखेका समाचारहरु यसअघि सार्वजनिक भएका थिए । तर प्रभावसले भने ती प्रस्तावहरुलाई अस्विकार गरेका थिए ।
बाहुबलीको बोल्ड अभिनयका कारण चर्चामा उनै प्रभासको विवाह तय भएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा छाएका छन् ।
समाचारहरुका अनुसार प्रभासले रासी सिमेन्टका प्रमुख भूपती राजाकी नातिनीको विवाह प्रस्तावलाई स्विकार गर्ने संकेत दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले भने प्रभासले भूपतीकी नातिनीसँग विवाह गर्ने लगभग पक्का भएको दाबी गरेपनि उनको परिवारले भने यसबारे केही प्रतिक्रिया दिएको छैन ।
बाहुबली २ को सफलतासँगै विदा मनाउन अमेरिका पुगेका प्रभावसले बाहुवीको पहिलो फिल्मपछिका पाँच वर्ष दोस्रो फिल्मलाई समय दिएका थिए । त्यसबीचमा प्रस्ताव आएका अन्य कुनै पनि फिल्म नखेलेका उनी अभिनित बाहुबली २ ले भारतीय फिल्म उद्योगका सवै रेकर्डहरु तोडेको थियो ।