इ

कुनै एक देशबाट अर्को देशमा जानका लागि पासपोर्ट र भीसाको आवश्यकता पर्छ । तर एक यस्ता राजा छन् जो एउटा देशमा खाना खान्छन् र सुत्नको लागि अर्के देशमा जान्छन् । उनका ६० वटी श्रीमती छिन् ।
भारतमा एक यस्तो गाउँछ जहाँका आदीवासी जनजाती वसोबास गर्छन् । उनीहरु नागाल्याण्डको लोगवा गाउँमा कोन्याक जनताजी बसोबास गर्छन् । यो गाउँको आधा भाग भारतमा पर्छ भने अर्को भाग म्यानमारमा पर्छ जसका राजा अंग नगोवांग हो जो ७५ गाउँका राजा हुन् ।

उनको दरबारको बीचमा म्यानमार र भारतको सीमा पर्छ । जसका कारण उनी खाना म्यानमामा खान्छन् भने सुत्नको लागि भारत तर्फको घरमा जान्छन् । उनको परिवार निकै ठूलो छ । उनका एक छोरा म्यान्मारमा सेना हुन् ।

भारत र म्यानमारको सीमामा भएको वस्तीका कारण यहाँमा मानिसहरुलाई दुवै देशको नागरिकता दिइएको छ । जसका कारण उनलाई म्यानमार जानका लागि पासपोर्ट र भिजाको आवश्यकता पर्दैन ।

पहिला पहिला यी जातीका मानिस मानिसहरुलाई मारेर खाने गर्थे र टाउको आफैसँग लिएर जाने गर्थे तर अहिलो त्यो क्रम रोकिएको छ । तर उनीहरुका घरमा मानिसको खोपडीको संख्या उल्लेख्यमात्रामा देखिन्छ ।
