
जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना महामारी नियन्त्रण हुन नसकिरहेका बेला सत्ताको खेलमाथि प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले कोरोनाको मृत्युदर विश्वमै उच्च रहेको अवस्थामा खोपको आपूर्ति किन हुन सकेन भनेर प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘देशमा कोरोना महाव्याधिबाट संक्रमित हुने (४०% माथि), मृत्यु हुने दर विश्वमै उच्चमध्ये छ । पूर्ण खोप लगाउने २.५% मात्रै छन् । अक्सिजन, आईसीयू, भेन्टिलेटरको हाहाकार छ । तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सिजन/आईसीयू/भेन्टिलेटर थप्न सक्दैन ? खै खोपको आपूर्ति ? सत्ताको फोहोरी खेल कहिलेसम्म ?’
देशमा कोरोना महाब्याधीबाट संक्रमित हुने(४०%माथि),मृत्यु हुने दर विश्वमै उच्चमध्ये छ।पूर्ण खोप लगाउने२.५%मात्रै छन्!अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ।तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सिजन/ICU/भेन्टिलेटर थप्न सक्दैन?खै खोपको आपूर्ति? सत्ताको फोहोरी खेल कहिलेसम्म?
— Baburam Bhattarai (@brb1954) May 20, 2021