३१ जेठ २०८३, आइतबार

तिब्बत सरकारले नेपाललाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग

जेठ ६, २०७८
तिब्बत सरकारले नेपाललाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग
प्रतिकात्मक तस्वीर

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिन्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
 
तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन बिहीवार ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । स्वास्थ्य सहयोग शुक्रवार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।
 
तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० किलोग्राम क्षमताका ६ हजार सिलिन्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० आईसीयू बेड, ५ भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्