
एमाले नेत्री तथा प्रतिनिधिसभा सदस्य रामकुमार झाँक्रीले प्रधानमन्त्री केपी ओलीमा अहंकार उस्तै रहेको बताएकी छिन् । ‘पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध बिद्रोह निश्चित छ’, प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिएको तर्फ इंगित गर्दै झाँक्रीले सामाजिक सञ्जालमा भनिन् ।
उनले राष्ट्रियसभामा डा खिमलाल देवकोटा विजयी भएपछि उनले बधाइ समेत दिएकी छिन् ।
‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अबस्थामा छौं’, उनले पार्टीभित्रको समस्या सुनाउँदै भनेकी छिन् ।