३१ जेठ २०८३, आइतबार

राष्ट्रपतिको आह्वानपछि बूढानीलकण्ठमा शुरू भयो कांग्रेस पदाधिकारी बैठक

राष्ट्रपतिको आह्वानपछि बूढानीलकण्ठमा शुरू भयो कांग्रेस पदाधिकारी बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरू भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको हो । 

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ प्रक्रिया शुरू गर्न नहुने प्रारम्भिक प्रतिक्रिया जनाएको कांग्रेसले यसबारे आज औपचारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ । 

राष्ट्रपतिले आव्हान गरेपनि प्रधानमन्त्रीमा दावी गर्ने सम्भावना कम रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्