०७ असार २०८३, आइतबार

इजरायल र हमासबीच युद्धविराम भएपछि गाजाका प्यालेस्टाइनीहरू खुशी

जेठ ७, २०७८
इजरायल र हमासबीच युद्धविराम भएपछि गाजाका प्यालेस्टाइनीहरू खुशी

इजरायल र प्यालेस्टाइनी लडाकू समूह हमासबीच शुक्रवार बिहानदेखि युद्धविराम भएपछि गाजामा रहेका प्यालेस्टाइनीहरू खुशी भएका छन् ।

युद्धविरामका लागि विश्वव्यापी दबाब परेपछि इजिप्टको मध्यस्थतामा युद्धविराम गरिएको हो । 

विगत ११ दिनमा भएको आक्रमण प्रत्याक्रमणका क्रममा गाजामा कम्तीमा २३२ जनाको मृत्यु भएको थियो भने इजरायलमा १२ जनाको ज्यान गएको थियो । 

इजरायलले गाजामा सयौं हवाई तथा स्थल आक्रमण गरेको थियो भने प्यालेस्टाइनी लडाकूहरूले इजरायलको मध्य र दक्षिणी भागमा ४ हजार रकेट प्रहार गरेका थिए । 
 

हमासका एक अधिकारीले जेरुसेलममा इजरायलको उल्लंघनकारी गतिविधि अन्त्य हुनुपर्ने र गाजामा पुगेको क्षतिको सम्बोधन गरिनुपर्ने बताएका छन् । 
 

एज्जत एल–रेशिकले जेरुसेलममा रहेको अल–अक्सा मस्जिदको सुरक्षा गर्नुपर्ने र पूर्वी जेरुसेलममा प्यालेस्टाइनीहरूलाई घरबाट निष्काशन गर्न नहुने आफूहरूको माग रहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्