०५ असार २०८३, शुक्रबार

वैकल्पिक सरकार गठनका सबै विकल्पमा कांग्रेस खुला, अन्य दलसँग छलफल गर्ने

वैकल्पिक सरकार गठनका सबै विकल्पमा कांग्रेस खुला, अन्य दलसँग छलफल गर्ने
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको रक्षा र राष्ट्रपतिको कदम असफल बनाउन सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्रीको राजीनामा अगावै संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नु संविधानविपरीत भएको निष्कर्ष निकालिएको सह–महामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए । 

‘संविधानको मूल मर्म र भावनामाथि प्रधानमन्त्रीले निरन्तर प्रहार गर्ने र राष्ट्रपति त्यसको साझेदारी गर्ने काम भयो, त्यसलाई रोकेर संविधानको रक्षाका लागि उपयुक्त बाटो तय गर्नका लागि अरू दलसँग तत्कालै छलफल गर्ने निर्णय भयो,’ महतले लोकान्तरसँग भने । 

त्यो उपयुक्त बाटो के भन्ने उनले खुलाएनन् । दलहरूसँग केहीबेरमा छलफल गर्ने महतले बताए । 

बैठकले वर्तमान सरकारको विकल्प खोज्न सबै विकल्प खुला राखेर दलहरूसँग छलफल गर्ने निर्णय पनि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्