
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठकका लागि नेताहरू सिंहदरबार पुगेका छन् ।
अध्यक्ष महन्थ ठाकुर, हालै संसदीय दलको नेतामा चुनिएको भनिएका वरिष्ठ नेता राजेन्द्र महतो लगायत सांसदहरू सिंहदरबार पुगेका हुन् ।

संसदीय दलको नेता राजेन्द्र महतो लेखेको कागजी नेम प्लेट पनि दलको कार्यालयमा टाँसिएको छ ।
बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी छैन ।