३१ जेठ २०८३, आइतबार

विश्वासको मतको कर्मकाण्डमा समय लाग्ने भएकाले मार्गप्रशस्त गरिदिएको हुँ– प्रधानमन्त्री ओली [LIVE]

विश्वासको मतको कर्मकाण्डमा समय लाग्ने भएकाले मार्गप्रशस्त गरिदिएको हुँ– प्रधानमन्त्री ओली [LIVE]

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार जेठ १५ भित्र बजेट ल्याउनै पर्ने भएकाले आफूले विश्वासको प्रस्तावको कर्मकाण्डतिर नलागी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिएको दाबी गरेका छन् ।

शुक्रवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

‘हामीसँग समय धेरै छैन । हामीले समय लिएर, विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर फेरि ७६ (५) मा गैरहने सुविधा हामीलाई छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘(५) मै जानुपर्ने भइसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरिदिनु उचित मात्र होइन अपरिहार्य भइसकेको छ ।’

प्रक्रियामा गएपनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले आफूले मार्ग प्रशस्त गरिदिएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले आफूले बाटो खोलिदिँदा नाटकीय व्याख्या गरिएको गुनासो गरे ।

‘७६ (५) बमोजिम सरकार गठनका लागि बाटो खोलिदिएको भनेर सिफारिश गरिएको सर्वविधितै छ । त्यो कुरा आएपछि नाटकीय व्याख्या हुने गरेको पाइएको छ, मानिलिऊँ यो नयाँ कुरा अचानक आइपुग्यो,’ प्रधानमन्त्री ओलीले भने ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्