
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा अहिले केहीबेरमा स्थायी कमिटीको बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सहित विपक्षी दलहरूसँग गरेको छलफलबारे ब्रिफिङ गर्दैछन् ।
यसअघि कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागि भएर प्रचण्डले आजै निकास खोजिने बताएका हुन् ।
राष्ट्रपतिको कदम रोक्न भन्दै कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिदैछ ।
शुक्रवार साझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गरेकी थिइन ।