३१ जेठ २०८३, आइतबार

कांग्रेस, माओवादी, एमालेको माधव पक्ष र जसपाको उपेन्द्र पक्षका सांसदहरू गोप्य छलफलमा

कांग्रेस, माओवादी, एमालेको माधव पक्ष र जसपाको उपेन्द्र पक्षका सांसदहरू गोप्य छलफलमा

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका सांसद र सचेतकहरू एक ठाउँमा भेला भएर छलफलमा जुटेका छन् ।

संसद् सचिवालयस्थित लेखा समितिको हलमा सांसदहरूको गोप्य छलफल चलिरहेको हो । 

माधव नेपाल पक्षका सांसदहरूको भेला चलिरहेको समयमा नेपाली कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षका नेताहरू पनि सहभागी भएका हुन् । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ सांसदहरूको बैठकमा सहभागी छन् ।

जसपाको उपेन्द्र पक्षका सांसदहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई र रेणु यादव पनि बैठकमा सहभागी भएका छन् । 

नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेता सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सांसदहरूको भेलामा हस्ताक्षर संकलनबारे छलफल चलिरहेको सहभागी एक सांसदले बताए । 

राष्ट्रपतिको कदम रोक्न भन्दै कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिँदैछ ।

शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्