२३ जेठ २०८३, शनिबार

देउवा हस्ताक्षरसहित शीतल निवास पुगेकै बेला शुरू भयो एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक

देउवा हस्ताक्षरसहित शीतल निवास पुगेकै बेला शुरू भयो एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक

नेकपा एमाले भित्रको विवाद समाधानका लागि भन्दै गठित कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ । 

एमालेको माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठनका लागि दाबी पेश गर्न शीतल निवास पुगेका बेला एमालेका प्रभावशाली नेताहरू सम्मिलित कार्यदलको बैठक शुरू भएको हो ।

कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका प्रभावशाली नेताहरू सहभागी छन् ।

देउवाले नेपाल पक्षको पनि हस्ताक्षर बोकेर शीतल निवास गएका बेला शुरू भएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्