
नेकपा एमाले भित्रको विवाद समाधानका लागि भन्दै गठित कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ ।
एमालेको माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठनका लागि दाबी पेश गर्न शीतल निवास पुगेका बेला एमालेका प्रभावशाली नेताहरू सम्मिलित कार्यदलको बैठक शुरू भएको हो ।
कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका प्रभावशाली नेताहरू सहभागी छन् ।
देउवाले नेपाल पक्षको पनि हस्ताक्षर बोकेर शीतल निवास गएका बेला शुरू भएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।