३१ जेठ २०८३, आइतबार

भरतपुरमा मत पत्र च्यात्नेलाई माओवादीले गर्‍यो खादा लगाएर सम्मान

कात्तिक २०, २०७४
भरतपुरमा मत पत्र च्यात्नेलाई माओवादीले  गर्‍यो खादा लगाएर सम्मान
काठमाडौं, १८ जेठ - भरतपुर महानगरपालिकामा मत गणनाका क्रममा मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा भएका छन् । जनही एक/एक लाख रुपैयाँ धरौटी तिरेर उनीहरु रिहा भएका हुन् ।
माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी रिहा भएका हुन् । उनीहरु धरौटी पश्चात रिहा भए । उनीहरुले भरतपुरमा ९० मत च्यातेको फेला परेको थियो ।

विहीवार निर्वाचन आयोग, सुरक्षा अधिकारी र दलका प्रतिनिधिले च्यातिएका मतपत्रको यकिन गरेका हुन् । १४ गते मतगणना चलिरहेकै बेलामा विवाद हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए ।
आज च्यातिएका मत पत्रको बारेमा यकिन हुँदै गर्दा पक्राउ परेका न्यौपाने र सिवाकोटी खादा लगाएर बाहिरिएका छन् ।

उनीहरुलाई माओवादी कार्यकर्ताले खादा लगाएर सम्मान गरेका हुन् ।
उनीहरुले खादा लगाएर बाहिरिएको तस्वीर माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

दाहालले दुबै जना निर्दोष सावित भइ अदालतबाट बाहिरिएको बताएका छन् । तर मुद्दा किनारा लागेको छैन । उनीहरु धरौटीमा छुटेका हुन् ।


याे पनि,

भरतपुरमा ९० मत च्यातिएको भेटियो, अब के होला ?

भरतपुर अपडेटः डाटामा हेर्नुहोस् १९ नम्बर वडामा कति मत च्यातिए, कति सग्ला ?

९० मत च्यातिएको फेलापरेपछि कुन पार्टीले के भने भरतपुरमा

 

salt training

कमेन्ट गर्नुहोस्