१० असार २०८३, बुधबार

‘ओलीले १५३ सांसदको दावी पेश गर्नु अवैधानिक र अनैतिक’

‘ओलीले १५३ सांसदको दावी पेश गर्नु अवैधानिक र अनैतिक’

काँग्रेस नेता गगन कुमार थापाले एमाले अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा १५३ सांसद रहेको दावीसहित राष्ट्रपतिकहाँ पुनः नियुक्तिका लागि दावी पेश गर्नु वैधानिक र अनैतिक हुने टिप्पणी गरेका छन् । 
आफ्नो पक्षमा बहुमत नरहेको निष्कर्षसहित ओलीकै सिफारिसमा राष्ट्रपतिले नयाँ प्रक्रियामा जान आह्वान गरेकाले उनले फेरि बहुमत देखाउने प्रयास गर्नु अमिल्दो हुने थापाको जिकिर छ । 

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ?प्रमले नै म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आव्हान गर्ने। अब फेरी जालझेल !’ थापाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।’

थापाले अगाडि भनेका छन्, ‘राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ, नभए भिर बाट खस्ने लाई राम राम ।’ 

salt training

कमेन्ट गर्नुहोस्