
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएकी छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि वर्तमान प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर दावी पेश गरेका थिए ।
तर राष्ट्रपति कार्यालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार दुबै दावीकर्ताले प्रस्तुत गर्न नसकेकाले प्रधानमन्त्रीमा नियुक्ति गर्न नमिल्ने देखिएको उल्लेख गरिएको छ ।


