
मेष
भौतिक सुख मिल्नेछ।पैसा, प्रेम, परिवारबाट टाढा आज तपाई आनन्दको खोजीमा आध्यात्मिक शिक्षकलाई भेट्न जान सक्नुहुन्छ।तपाईले आज विवाहित जीवनको वास्तविक जीवनको स्वाद लिन सक्नुहुन्छ।
वृष
आज घटनाहरू पूर्ण हुनेछन् र तपाई कुनै अप्रत्याशित घटनाको लागि तयार हुनुपर्दछ। तपाई धेरै दिशामा सक्रिय हुनुपर्दछ तर सकारात्मक रहनुहुनेछ। कार्य नाशको सम्भावना पनि रहेको छ।
मिथुन
तपाई आज संक्रमणको लागि पनि अति संवेदनशील हुनुहुन्छ, यसको लागि केही हल्का औषधी सेवन गर्नु फाइदाजनक हुनेछ, तर कुनै छिटो औषधि सेवन गर्दा तपाईको पेटलाई गम्भीर समस्यामा पार्नसक्छ।
कर्कट
आज तपाई आफैमा एक नयाँ, अद्वितीय शक्तिको स्रोत पाउनुहुनेछ। तपाईले द्रव्यप्राप्तिको महसुस गर्न थाल्नुहुनेछ कि तपाईलाई अहिले तपाईको जीवनमा सामना गरिरहनु भएका समस्याहरूको सामना गर्न कुनै बाह्य सहयोग चाहिएको छैन।
सिंह
तपाईले आफ्नो परिश्रममा ध्यान दिनुपर्दछ जसले धनलाभको संकेत गर्दछ। तपाईले एउटा यस्तो कार्य गर्नुहुन्छ जसमा तपाईले आफ्नो दिमाग धेरै नै प्रयोग गर्नुपर्दछ र हजुरले सुखको अनुभव पनि पाउनुहुन्छ।
कन्या
तपाइका सबै विचारहरू एकसाथ राख्नुहोस् र सोच्नुहोस्, यसबाट आउने निष्कर्षले तपाइलाई परिस्थितिको सामना गर्न धेरै मद्दत पुर्याउँछ। आज पेट दुख्नसक्छ, भोजन गर्दा ध्यान दिनु होला।
तुला
तपाइलाई विश्वास नगर्ने मान्छेको पछाडी नाभाग्नुहोला, समयकोबचत गर्नुहोला र अगाडि बढ्नुहोस्। धनको नाश हुने सम्भावना रहेकोले घरबाट बाहिर ननिक्लनु होला।
वृश्चिक
तपाईको सकारात्मक मनोवृत्तिले तपाईंलाई सकरात्मक कदमहरू चाल्न प्रेरित गर्दछ र बिबिद लाभको सम्भावना रहेको छ।भविष्यमा तपाईंलाई धेरै फाइदा दिनेछ।
धनु
यदि कसैले तपाईलाई भ्रमित पार्न खोज्यो भने पनि शान्त रहनुहोस् र तपाईंको कुरा दृढतासाथ अगाडि राख्नुहोस्। धार्मिक र रहस्यमय कार्यहरू रुचि हुनेछ।
मकर
आज भ्रमणको कारणतपाई आफ्नो सामान्य फिटनेस कार्यक्रम अनुसरण गर्न सक्षम हुनुहुन्न, कार्यक्रमहरुरोकिनेछनतपाईका विज्ञहरूसँग परामर्श लिनुहोस् र आफ्नो कार्यक्रम फेरि बनाउनुहोस्।
कुम्भ
आफूले गर्न चाहेको कुरामा आफूलाई समर्पण गर्नुहोस्। पर्दा पछाडि काम नगर्नुहोस्, तपाईले जे गरिरहनु भएको छ, बिबादमा नपर्नुहोला। तपाईले सुखको अनुभव गर्नुहुनेछ। तपाईको जीवनमा नयाँ साथीको लागि धेरै माया रहनेछ ।
मीन
आर्थिक उन्नति रहनेछ। तपाई आफ्नो विचारमा राम्रो महसुस गर्नुहुनेछ । तपाईको परिवार यसको बारेमा निराश हुनेछन ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)