०५ असार २०८३, शुक्रबार

घाइतेको मृत्युपछि अस्पतालमा तोडफोड

कात्तिक २०, २०७४
घाइतेको मृत्युपछि अस्पतालमा तोडफोड


चितवन, १८ जेठ - उपचाररत घाइतेको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजमा आज बिहान तोडफोड गरेका छन् ।

प्रहरीले तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेको छ । जिप्रकाका अनुसार यही जेठ १२ गते पूर्वी चितवनको खैरहनीमा ना ४ च १३०६ नं को बोलेरो गाडीले ना ४५ प ३२८७ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राप्ती–९ बस्ने १७ वर्षीय रोमन तामाङको आज उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले गम्भीर अवस्थामा रहेका तामाङको फोक्सोमा गहिरो चोट लागेकाले अवस्था खतरापूर्ण रहेको यसअघि नै जानकारी गराइए पनि मृत्युपछि अस्पताल तोडफोड गरिएको बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्