
एट्लेटिको मड्रिडले शनिवार नाटकीय तवरले ला लिगा उपाधि जितेपछि टीमका स्ट्राइकर लुइस सुआरेज रोएका छन् ।
भाय्यादोलिदविरुद्धको खेलमा एक गोलले पछि परेको भए पनि एन्जल कोरीया र लुइस सुआरेजको गोलका सहायताले एट्लेटिको खेल जितेर उपाधि चुम्न सफल भएको थियो ।
खेल सकिएपछि भुइँमा बसेर फोन हेर्दै सुआरेज रोएका थिए ।
आफूलाई बार्सिलोनाले अपमानजनक रूपमा निकालेको र अहिले आफूले एट्लेटिकोलाई उपाधि जिताएको सम्झेर सुआरेज रोएका हुन् । सुआरेज एक्लैले एट्लेटिकोलाई यस सीजनमा धेरैपटक खेल जिताएका छन् ।
Roto, llorando como un niño mientras habla con su familia.
— Fútbol en Movistar+ (@MovistarFutbol) May 22, 2021
Luis Suárez, la imagen del día. #LaCasaDelFútbol pic.twitter.com/UlgPQSD9TX