२२ जेठ २०८३, शुक्रबार

भारतीय प्रहरी टोली पक्राउ

कात्तिक २०, २०७४
भारतीय प्रहरी टोली पक्राउ
डोटी, १९ जेठ- डीएसपीको नेतृत्वमा आएको भारतीय प्रहरी टोली जिल्ला प्रहरी कार्यालय डोटीमा थुनामा परेको छ । बुधबार मध्यराति नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय एक प्रहरी समूह नेपाली प्रहरीको फन्दामा परेको हो । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीको अपहरण गरेको थियो । अपहरण गर्ने भारतीय प्रहरी र अपहरित आउजीलाई जिल्ला प्रहरी कार्यालय डोटीले थुनामा राखेको छ । मध्यराति आएर अपहरण गर्न खोजिएको स्थानीयले बताएका छन्, अन्नपूर्मा खबर छ ।
स्थानीयबासीका अनुसार राति करिब दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य भारतीय प्रहरीको समूहले घरमै सुतेका बेला लालबहादुर आउजीको घरबाट निकालेर अपहरण गरि लगेका हुन । ‘प्रसादले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालबहादुरकी श्रीमतीले ‘को हो भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलियो’ एक स्थानीयले भने ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालबहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर ल्याए ।’ उनी भन्छन्, ‘डोरीले हात खुट्टा बाँधियो र मुखमा पट्टी पनि बाँधियो ।’
घटनाको बारेमा स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय लडागडामा खवर गरे । लडगडा प्रहरीले गाडी रोक्ने प्रयास गर्दा असफल भएपछि तल्काल जिल्ला प्रहरी कार्यालयलाई खवर गरियो ।
जिल्ला प्रहरी कार्यालय डोटीले गाडी, अपहरणकारी र अपहरित व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको छ । आउजी भारतमा काम गर्दै आइरहेका थिए र उनले भारतबाट करिब १५ लाख भारतीय रुपैयाँ चोरेर ल्याएकाले उनको भारतीय प्रहरी उनको खोजिमा आएका श्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका श्रोतका अनुसार अपहरण शैलीमा आएका व्यक्ति भारतीय प्रहरीका उच्च पदस्थ कर्मचारी भएको जानकारी दिएको छ । भारतीय प्रहरी डिएसपीको नेतृत्वमा रहेको बताइएको छ । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले घटना घटेको स्वीकार गरेका छन् । प्रहरी उपरीक्षक विष्टले भने, ‘घटना भएको छ, हामी छानविन गर्दैछौं हिजो राति भएको घटना हो’, सबै विवरण प्राप्त भएको छैन । हामीले सबैलाई नियन्त्रणमा लिएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्