०३ असार २०८३, बुधबार

भाजपामा प्रवेश गरेका तृणमूल नेताहरूले देखाए पुरानै पार्टीमा फर्किने इच्छा

जेठ १०, २०७८
भाजपामा प्रवेश गरेका तृणमूल नेताहरूले देखाए पुरानै पार्टीमा फर्किने इच्छा

भारतको पश्चिम बंगालमा पूर्व उपसभामुख सोनाली गुहापछि थप दुई नेताले तृणमूल कांग्रेस पार्टीमै फर्किने इच्छा व्यक्त गरेका छन् । 
 

माल्दा जिल्ला परिषद् सदस्य सरला मुर्मुले गल्तीको अनुभव गरेको बताएकी छन् । अनि उत्तरी दिनाजपुरका पूर्व विधायक अमोल आचार्यले तृणमूलका दिग्गज नेताहरूलाई सीबीआईले सताएको देखेपछि भाजपा छोड्न खोजेको बताए । 
 

मुर्मुलाई विधानसभा निर्वाचनमा हबीबपुरबाट तृणमूलले टिकट दिएको थियो । तर उनी र जिल्ला परिषद् सभाधिपति गौर मण्डल शुभेन्दु अधिकारीको अनुरोधमा भाजपामा प्रवेश गरेका थिए । 

जिल्लामा तृणमूलले १२ मध्ये आठ जिल्ला जितेपछि मुर्मुले पुरानो दलसँग सम्पर्क कायम गरिन् । 

‘भाजपामा प्रवेश गर्नु मेरो भूल थियो । अहिले मुख्यमन्त्रीले भगौडाहरूलाई फर्किन आह्वान गरेकोमा म फर्किन चाहन्छु,’ उनले आइतवार बताइन् । 
 

इटाहारबाट दुईपटक विधायक बनेका र उत्तरी दिनाजपुरमा तृणमूलका तर्फबाट पूर्व जिल्ला अध्यक्ष आचार्यलाई यसपालि टिकट दिइएन । रिसाएर उनी भाजपा प्रवेश गरे तर त्यहाँ पनि उनले टिकट पाएनन् । 

मैले ममता बनर्जीलाई नै मेरो नेता मानेको छु । तर मलाई टिकट दिइने छैन भन्ने कल्पना गरेको थिइनँ । म चिन्तित भएर भाजपामा प्रवेश गरें । त्यो भूल थियो । मैले मुख्यमन्त्रीसँग माफी माग्दै चिट्ठी लेखेको छु । मलाई माफ गर्छन् भन्ने आशा छ,’ उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्