
वैवाहिक सम्बन्ध सुमधुर राख्ने मामलामा अव्वल मानिएकी रहेकी मलाइका अरोडा खान तथा अरबाज खानको सम्बन्ध पछिल्ला दिनमा समस्याबाट गुज्रिरहेका छन् ।
१८ वर्षको वैवाहिक सम्बन्धलाई मलाइका तोड्न चाहिरहेकी छिन् । र, अहिले तलाकको विषय रुकममा आएको रोकिएको छ ।
मलाइकाले तलाकका क्रममा यति धेरै रकम मागेकी छिन्, जसका कारण अरवाज खान समस्यामा परेका छन् ।
मलाइकाले एलुमिनी रकम मागेकी छिन् । उनले छोडपत्रका लागि अरबाज खानसँग १५ करोड भारु मागेकी छिन् ।
दैनिक भास्करमा छापिएको एक रिपोर्ट अनुसार मलाइकाले अदालतमा मागेको रकम अनतर्गत ३.५ करोड रुपैयाको मुम्बइमा फ्ल्याट, छोराको नाममा २.५ करोडको फिक्स डिपोजिट र छोराका लागि दुई करोड रुपैयाको कार रहेका छन् ।
यसका साथै मलाइकाले छोरीको पढाइका लागि २१ वर्ष हुनेसमय सम्मको लागि महिनाको ५ लाख रुपैया एक मुष्टरुपमा मागेकी छिन्, भने आफ्नो लागि एक मुष्ट ५ करोड रुपैयाँ माग गरेकी छिन् ।
अरवाजले भने आफूले त्यति धेरै रकम तिर्न नसक्ने बताएका छन् ।
अरमान भने विवाहलाई जोगाउन चाहेको बताएका छन् । तर मलाइका भने तलाक गर्ने अडानमा छिन् ।