
गाेली लागेर काठमाडाैंमा उपचाररत नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेको मृत्यु भएको छ ।
पाण्डेमाथि गत बुधबार राति गोली प्रहारबाट भएको थियाे । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको क्रममा काठमाडौंमा निधन भएको हाे ।
भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेलाई सोमबार साँझ हेलिकप्टर मार्फत काठमाडाैंको टिचिङ अस्पतालमा पुर्याइए पनि उनको ८:१५ मा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।
उनीमाथि तीन राउण्ड गोली लागेको थियो । गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ ।
घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोली हानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका थिए । घटनाका अर्का अभियुक्त फरार छन् ।