०५ साउन २०८३, मंगलबार

नेपालमा ‘यास चक्रवात’को आंशिक प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

नेपालमा ‘यास चक्रवात’को आंशिक प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

हाल देशको मौसममा बंगालको खाँडीमा रहेको यास चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण  हाल प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाले मंगलबार दिनभर मौसम सामान्य नहुने पूर्वानुमान गरेको छ । जसअनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। 

यसैगरी प्रदेश १, प्रदेश २, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । 

बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीभूभागका केहि स्थानहरुमा हिमपातको पनि सम्भावना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्