०५ असार २०८३, शुक्रबार

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु
प्रतिकात्मक तस्वीर

बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोलमा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका २ वटा जंगली हात्तीको आक्रमणबाट ३७ वर्षीया चन्द्रा विक र छोरी ३ वर्षीया दिपिका विकको मृत्यु भएको हो ।

हात्तीको घरबाट उठाएर ३० मिटर टाढा लगेर छोडेकोमा चन्द्राको घटनास्थलमै र छोरी दिपिकाको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्