२५ जेठ २०८३, सोमबार

राष्ट्रपतिबाट हटेको पाँच महिनापछि ओबामाले घर किने, मूल्य कति ?

कात्तिक २०, २०७४
राष्ट्रपतिबाट हटेको पाँच महिनापछि ओबामाले घर किने,  मूल्य कति ?

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको परिवारले वाशिङटनमा घर किनेका छन् जसमा उनीहरु भाडामा बस्दै आएका थिए ।

नौ वटा बेडरुम रहेको यो घर शहरको नजिक रहेको क्षेत्र कालोरामा रहेको छ । उनले यसलाई ८१ लाख डलर (करिब ८३ लाख रुपैयाँ) मा किनेका हुन् । ओबामाको पन्ध्र वर्षीय कान्छी छोरी साशाको हाई स्कूल पास गर्ने बेलासम्म ओबामा परिवार वाशिङटनमा बस्नेछन् ।

जनवरीमा कार्यकाल समाप्त भएसँगै पूर्वराष्ट्रपति ओबामा तथा उनकी पत्नी मिशेल ओबामा विश्व यात्रामा निस्केका थिए ।

आेबामाका प्रवक्ता केविन लुइसले घर किनेको पुष्टि गर्दै ओबामा पछिल्लो ढाई वर्षसम्म वाशिंगटनमा रहने बताए । जसका कारण उनले घर किन्ने फैसला गरेका हुन् ।

अमेरिकाका जासूसी एजेन्टले यस घरलाई चौविशै घण्टा निगरानी गर्नेछन् ।

ओवामाको परिवारसँग शिकागोमा पनि एक घर छ । उनले यो पूर्व राष्ट्रपति विल क्लिन्टनका प्रेस सचिव जो लाँकहार्टसँग किनेका थिए ।

ओबामाको यस घरको नजिक अनलाई कम्पन अमेजनका मालिका जेफ बेजोसको घर पनि छ । राष्ट्रपति ट्रम्पकी छोरी इवांकाको घर पनि ओबामाको घर नजिक रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्