२७ जेठ २०८३, बुधबार

कार्की सचिवमा बढुवा

कात्तिक २०, २०७४
कार्की सचिवमा बढुवा
काठमाडाैं, १३ पुस-व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ ।

सभामुख, उपसभामुख, महासचिव र सचिव रहनुभएको व्यवस्थापन समितिको हिजोको बैठकले उहाँलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव सोमबहादुर थापा उमेर हदका कारण सेवानिवृत्त भएपछि खाली रहेको सचिवमा कार्कीको बढुवा भएको हो । 


संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सचिवका रुपमा कार्यरत कार्की कार्यव्यवस्था महाशाखाको प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।

२०४७ साल भदौमा संसद् सेवामा प्रवेश गर्नुभएका सचिव कार्कीको पुर्खौली घर भोजपुरको देउरालीमा छ । उहाँले आजै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्