३१ जेठ २०८३, आइतबार

बाँकेमा उपचाररत १० कोरोना संक्रमितको मृत्यु

जेठ ११, २०७८
बाँकेमा उपचाररत १० कोरोना संक्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका १० संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा ७ र कोहलपुरस्थित शिक्षण अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।

मृतकमा बाँकेका ५, दाङका ३ र बर्दियाका २ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
 
यससँगै बाँकेमा कोरोनाबाट अकालमै ज्यान गुमाउनेको संख्या २७९ पुगेको छ भने उपचार गराउन आएका बाहिरी जिल्लाका २५१ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्