१० असार २०८३, बुधबार

चितवनका पाँच राजनीतिक दलद्वारा प्रतिनिधिसभा विघटनको विरोध

चितवनका पाँच राजनीतिक दलद्वारा प्रतिनिधिसभा विघटनको विरोध

 चितवनका पाँच राजनीतिक दलले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति  विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटो हिँड्न खोजेको आरोप लगाएका छन् । 

चितवनका पाँच राजनीतिक दलले प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनताको सात दशक लामो बलिदानपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मुल मर्म र भावनाविपरीत मध्यरातमा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक स्वैच्छाचारी कदमकोे घोर भत्र्सना गरेका छन् ।

‘प्रधानमन्त्री र स्वयं राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित भएको छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्चाउँदै देशलाई संविधानवाद र लोकतान्त्रिक दिशामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण चितवनवासी सबैमा हार्दिक अपील गर्दछौंँ’ पाँच राजनीतिक दलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।


नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत«’«,  नेकपा एमालेका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरी,  जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेलद्वारा जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य तथा जनजीविकालगायतका निम्न लिखित विषयहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको कुरा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्