०९ साउन २०८३, शनिबार

शेख जर्राह : इजरायल र प्यालेस्टाइनबीच समस्याको जड

जेठ १२, २०७८
शेख जर्राह : इजरायल र प्यालेस्टाइनबीच समस्याको जड

पूर्वी येरुसेलममा रहेको शेख जर्राह टोलमा समीरा दजानी र आदिल बुदेरीको बगैंचा बालुवाको मैदानको बीचमा रहेको मरूद्यान जस्तो देखिन्छ । 

इजरायल र प्यालेस्टाइनीहरूबीत हिंसा भड्काउने भूमिको केन्द्रमा रहेको शान्त देखिने बगैंचामा चारैतर्फ बेगनबेलीका लहरा, ल्याभेन्डर तथा अनेकौं किसिमका फलका रुख छन् । 

यस प्यालेस्टाइनी दम्पतीको एक तल्ले घरका साथै अन्य १३ घरमा बस्ने २८ परिवारलाई त्यहाँबाट निस्केर जानुपर्ने स्थिति आएको छ । 

इजरायलको सर्वोच्च अदालतमा दायर गरिएको एक मुद्दामा यहुदीहरूको बस्तीका लागि उक्त क्षेत्रका १४ घरमा बस्ने लगभग ३०० जनालाई निकाल्न मागदाबी गरिएको छ । 
 

गाजामा प्यालेस्टाइनी उग्रवादी समूह हमास र इजरायली सेनाबीच लडाइँ हुनुअघि येरुसेलममा हिंसा भड्किएको थियो । त्यसले गर्दा यस प्रक्रियालाई बीचैमा रोकिएको थियो । 

तर यी प्यालेस्टाइनीहरूको जोखिम टरिसकेको छैन ।

सन् १९४८ मा तीन वर्षको युद्धपछि इजरायल अस्तित्वमा आएको थियो । त्यतिखेर समीरा र आदिल दुवैको परिवारले पश्चिमी जेरुसेलममा बनेको घर छोडेर जानुपरेको थियो । 

त्यसो त समीरा र आदिल अहिले बसेको ठाउँबाट केही किलोमिटर पर उनीहरूको पुरानो घर छ । तर इजरायली कानूनअनुसार त्यो घर अब तिनीहरूको हुन सक्दैन । 

सन् १९५० मा संयुक्त राष्ट्रसंघले शेख जर्राहमा विस्थापित प्यालेस्टाइनीहरूलाई घर बनाउन जोर्डनको एक परियोजनालाई स्वीकृत गरेको थियो । 

तर इजरायल अस्तित्वमा आउनुअघि त्यसमध्ये केही भाग जमीन यहुदीहरूको दुईवटा संगठनसँग थियो । 

सन् १९६७ मा भएको ६ दिने युद्धमा इजरायलले जोर्डनबाट पूर्वी जेरुसेलमको यस भाग जितेपछि यी दुई संगठनले आफ्नो जमिनमा हकका लागि कानूनी कारवाही शुरू गरेका थिए । 

यो विवादित जमीन शिमोन हात्जादिकको चिहान नजिक छ । जुडेयाको पुरानो कथामा उल्लेख भएअनुसार, शिमोन जेरुसेलमका एक पुजारी थिए र जिसस जन्मेको ४० दिनपछि उनलाई भेट्न पुगेका थिए । 

शेख जर्राहको जमिनमा दाबी गर्नेहरूले यसमा प्यालेस्टाइनीहरूको कब्जा रहेको बताउने गरेका छन् । 

यो जमिन वास्तवमा कसको हो भन्ने विषयमा भएको विवाद धेरैपटक हिंसामा परिणत भएको छ । 

त्यहाँबाट बाहिरको सडकमा मौनता छ । इजरायल र हमासबीच भएको ११ दिनको संघर्ष अनि त्यसभन्दा अघि रमजानको बेलामा भएको हिंसाको कुनै नामोनिशान त्यहाँ देखिन्न । 

तर यस इलाकाको हरेक गल्लीमा प्रहरीले ब्यारिकेड लगाएको छ । यहुदीहरू त्यहाँ स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउँछन् । तर प्यालेस्टाइनीहरू त्यहाँको गल्लीमा प्रवेश गर्न समेत पाउँदैनन् । 
 

डेनियल सिडम्यानका अनुसार, सन् १९६७ मा भएको युद्धपछि जेरुसेलममा अरबहरू बस्ने चारवटा बस्तीमा रहेका प्यालेस्टाइनीहरूलाई बाहिर निकाल्ने कोशिश इजरायलले गरेको थियो । तीमध्ये दुई ठाउँ शेख जर्राहमा छन् भने अन्य दुई चाहिँ दक्षिणतर्फ सिलवनमा छन् । 

शेख जर्राहको बगैंचामा बसेका आदिल र समीरालाई अगस्ट १ सम्ममा घर छोडेर नयाँ ठाउँ खोज्न भनिएको छ । 

यस दम्पतीले ४७ वर्ष यसै घरमा बिताएकोमा त्यसलाई खाली गर्न केही महिनाको मात्र समय दिइएको छ । 
 

आदिलको बराबरीको लडाइँ नभएको बताउँछन् । 

उनी भन्छन्, ‘यहाँ बस्न आउनेहरूसँग उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भन्ने स्पष्ट छ । इजरायल सरकारविरुद्ध लड्ने शक्ति हामीसँग छैन ।’
 

जेरुसेलमको भविष्यका विषयमा हमासले युद्ध गर्ने आँट गरेपनि शेख जर्राहका मानिसलाई पहिले पनि निकालिने भय थियो, अहिले पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्