११ असार २०८३, बिहीबार

तुफानको बेलामा बाहिर किन निस्केको भनी पत्रकारले सोध्दा आयो रमाइलो जवाफ (भिडियो)

असार २८, २०७८
तुफानको बेलामा बाहिर किन निस्केको भनी पत्रकारले सोध्दा आयो रमाइलो जवाफ (भिडियो)

भारतको उडिसा र पश्चिम बंगालमा यास चक्रवाती तुफानले कहर मच्चाइरहेको छ । 

यसैबीच नक्षत्र न्युज नामक टीभी च्यानलका रिपोर्टरले तुफान चलिरहेको बेलामा घरबाहिर निस्केका एक मानिसलाई प्रश्न सोध्दा रमाइलो जवाफ पाएका छन् । 

‘चर्को हावा चलिरहेको छ, तुफान आउन लागेको छ । अनि तपाईं किन घरबाट निस्केको हो ?’ पत्रकारले सोधे । 

व्यक्तिले जवाफ दिए, ‘तपाईं निस्केको भएर म निस्क्या हुँ ।’

आफू त समाचार देखाउनका लागि निस्केको पत्रकारले बताए । 

‘अनि म निस्किनँ भने तपाईं कसलाई देखाउनुहुन्छ ?’ ती व्यक्तिले प्रतिप्रश्न गरे । 

नक्षत्र न्युजले यो कुराकानीको क्लिप बुधवार फेसबूकमा शेयर गरेको थियो । त्यो भाइरल बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्