
काठमाडौं, १९ जेठ– भारतको राजधानी दिल्ली आसपासको तथा उत्तर भारतमा शुक्रबार भूकम्प गएको छ ।
शुक्रबार विहान साढे ४ मा भूकम्प गएको वीवीसीले जनाएको छ ।
अमेरिकी भूगर्भ विज्ञान केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । दिल्ली र हरियणको विचमा खरखोदालाई भूकम्पले केन्द्र बनाएको थियो । अहिलेसम्म भूकम्पको असरबारे जानकारी आएको छैन ।