
टाउको दुख्दा वा ज्वरो आउँदा एस्पिरिन खानु त कुनै नौलो कुरा होइन । तर एस्पिरिनलाई पिसेर पानी मिसाएर अनुहारमा दल्दा छाला कमलो हुन्छ भन्ने कुरा धेरैलाई थाहै छैन ।

एस्पिरिनले छालालाई कसरी मुलायम बनाउँछ त ? यसमा सालिसाइलिक एसिड हुन्छ जसले छालाका सबैखाले समस्या निराकरण गर्छ । डण्डीफोर पनि निको पारिदिन्छ यसले ।
सालिसाइलिक एसिडले छालाको भित्री तहसम्म पुगेर मृत कोषिकाहरूलाई बाहिर निकाल्छ र छिद्रहरूलाई रोक्ने तत्वलाई घटाउँछ । यी छिद्रहरूमा अनुहारको तेल, फोहर र धूलोधूवाँ जम्मा भएर नै डण्डीफोर बन्ने हो ।
यसका अलावा यसले अनुहारलाई टाइट बनाउँछ । चिल्लो छाला भएका मानिसलाई डण्डीफोर लगायतका समस्या हुन्छ तर सालिसाइलिक एसिडले सब ठीक पार्छ ।
उमेर बढ्दै जाँदा छालाको नवीकरण प्रक्रिया घट्दै जान्छ । तर सालिसाइलिक एसिडले नवीकरण प्रक्रियालाई तीव्र बनाउँछ । अनि तपाईं बुढ्यौलीमा पनि जवान देखिनुहुन्छ । बुढो भएपछि अनुहारमा दाग देखिन थाल्छ तर यो एसिडले सबै हटाइदिन्छ ।
ब्युटी पार्लरमा गएर थुप्रो पैसा खर्च गर्नुभन्दा एस्पिरिनको फेसप्याक बनाएर नै तपाईंले छालालाई सुन्दर बनाउन सक्नुुहुन्छ ।
एजेन्सी