१७ असार २०८३, बुधबार

पहिलो चरणमा ७ मन्त्री

कात्तिक २०, २०७४
पहिलो चरणमा ७  मन्त्री
काठमाडौं, २० जेठ- संसद् सचिवालयले आइतबार प्रधानमन्त्री निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न सबै दलसँग औपचारिक रूपमा आग्रह गर्नुहुने भएको छ ।sher bahadur
माओवादी केन्द्रको प्रस्ताव र फोरम लोकतान्त्रिकको समर्थनमा प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहनुभएका देउवाले आफ्नो पक्षमा स्पष्ट बहुमत रहे पनि संसद्मा रहेका सबै दलको समर्थन जुटाउने प्रयास थाल्नुभएको हो । 'सकभर भेटेर र त्यो सम्भव नभए फोनबाट भए पनि संसद्का सबै दलका नेतासँग आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गर्ने तयारी छ', देउवानिकट स्रोतले भन्यो, 'त्यो प्रक्रिया शनिबार उम्मेदवारी दर्ता गरेपछि हुनेछ ।'
स्रोतका अनुसार देउवाले आइतबार प्रधानमन्त्री निर्वाचित भए सोमबारै शपथ लिएर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । देउवाले पहिलो चरणमा सात सदस्यीय मन्त्रिमण्डल बनाउने स्रोतले दाबी गरेको छ । कांग्रेसबाट दुई, माओवादीबाट तीन र फोरम लोकतान्त्रिकबाट एक जना सहभागी मन्त्रिमण्डल बनाएर चुनावपछि मात्रै पूर्ण विस्तार गर्ने देउवाको तयारी छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्