३१ जेठ २०८३, आइतबार

पत्रकार ऋषि धमलाको टेलिभिजनको ‘प्रेस कार्ड’ दुरुपयोग गर्ने १ जना पक्राउ

पत्रकार ऋषि धमलाको टेलिभिजनको ‘प्रेस कार्ड’ दुरुपयोग गर्ने १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौंमा प्रेस कार्ड दुरुपयोग गर्ने १ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका घर भई हाल गोलढुंगा बस्ने २६ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

प्र३ ०२ ००६प ५८६१ नम्बर पल्सर मोटरसाइकलमा सवार श्रेष्ठले मनोज खत्रीको प्रेस कार्ड प्रयोग गरी दुरुपयोग गरेको देखिँदा पक्राउ गरी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको महाशाखाले जनाएको छ ।

श्रेष्ठले पत्रकार ऋषि धमला सञ्चालक रहेको प्राइम टाईम्स टेलिभिजनको प्रेस कार्ड बोकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्