०९ असार २०८३, मंगलबार

थापाको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

थापाको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारका क्रममा आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त  गरेको छ । 

एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्