१७ असार २०८३, बुधबार

चीनले हवाई क्षेत्र उल्लंघन गरेको मलेसियाको आरोप

जेठ १९, २०७८
चीनले हवाई क्षेत्र उल्लंघन गरेको मलेसियाको आरोप

चीनका १६ वटा सैन्य विमानहरू आफ्नो हवाईक्षेत्रमा आइपुगेको मलेसियाले जनाएको छ । यस विषयमा चिनियाँ राजदूतलाई बोलाउन लागेको पनि उसले जनायो । 

ती विमानहरूलाई इन्टरसेप्ट गर्नका लागि मलेसियाले लडाकू विमान पठाएको थियो । दक्षिण चीन सागरमा शंकास्पद गतिविधि देखेपछि विमान उडाइएको मलेसियाको कथन छ । 

मलेसियाको परराष्ट्र मन्त्रालयले चीनको हर्कत राष्ट्रिय सार्वभौमसत्तामा गम्भीर जोखिम भएको बतायो । 

चीनले चाहिँ अन्तर्राष्ट्रिय कानूनको पालना गरेको बताएको छ । 

मलेसिया, फिलिपिन्स, ब्रुनाई, ताइवान र भियतनाम सबैले दक्षिण चीन सागरमा चीनले गरेको दाबीको प्रतिरोध गरेका छन् । यो विवाद दशकौंदेखि चलिआएको छ तर हालैका वर्षमा तनाव चर्केको छ । 

बेइजिङले नाइन ड्याश लाइन भन्ने क्षेत्रमा दाबी गरिरहेको छ र टापु बनाउने तथा गश्ती गर्ने काम गरिरहेको छ । उसले सैन्य उपस्थिति पनि बढाउँदै लगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्