०५ असार २०८३, शुक्रबार

छोरोले चोरी गरेपछि पिताले दिए कठोर सजाय

जेठ १९, २०७८
छोरोले चोरी गरेपछि पिताले दिए कठोर सजाय

इजिप्टमा एक बालकले चोरी गरेपछि उनका पिताले निकै कठोर सजाय दिएका छन् । 

सजायका रूपमा पिताले छोरालाई काठको पोलमा बाँधे अनि जिउभरि मह खन्याएर मौरी निम्त्याए । 

घटना मे २५ मा काल्युबिया भन्ने ठाउँमा भएको हो । एकजना छिमेकीले चोरीको आरोप लगाएपछि पिताले छोरालाई सजाय दिएका हुन् । 
 

मुहम्मद डी नामक सात वर्षीय बालकको ढाडमा काठको पोल राखेर हातलाई पछिल्तिर लगेर बाँधिएको र कीराहरू उनको छालामा घस्रिरहेको तस्वीरमा देखिन्छ । 

३४ वर्षीय पिताको नाम खुलाइएको छैन र उनलाई पक्राउ गरिएको छ । 

उनले मुहम्मदलाई घरको छतमा राखेका थिए । त्यहाँ लामखुट्टे र मौरीहरू मह सुँघ्दै आइपुगेका थिए । 

बालकलाई कतिन्जेल त्यस अवस्थामा राखिएको भनी थाहा हुन सकेन । 

पछि आमाले यो भयानक दृश्य देखेर बालउद्धार अधिकारीहरूलाई बोलाइन् । 

ती क्रूर पिताले यसअघि पनि बालकलाई यातना दिने गरेको आमाको कथन छ । लामो समय भोकैप्यासै राख्ने काम पनि तिनले गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्