
काठमाडाैं, २० जेठ- चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सले ‘वान बेल्ट वान रोड’ को बैठकमा निमन्त्रणको बावजूत भारत सहभागि नभएपछि अझै पनि उसका ढोका खुला रहेको जनाएको छ ।
गत महिना यसको बैठक चीनको राजधानी बेजिङमा भएको थियो । ग्लोबल टाइम्सका अनुसार यस बैठकमा १३० भन्दा धेरै देश सहभागी भएका थिए ।
ग्लोबल टाइम्सका अनुसार यस सालको सबैभन्दा ठूलो राजनीतिक आयोजनामा ओरिका तथा जापानले पनि आफ्नो प्रतिनिधिमण्डल पठाएको थियो । ग्लोबल टाइम्सले वान बेल्ट वान रोड परियोजनाको करिब भारत एकमात्र यस्तो देश हो जो यस बैठकमा सहभागी भएन ।
समाचारमा लेखिएको छ कि प्रधानमन्त्री नरेन्द्र मोदीको चीन सरकारले यस बैठकमा शामिल हुनका लागि आमन्त्रित गरेका थिए, तर उनी गएनन् ।
समाचारले लेखेको छ, ‘सार्वभौम देशको तर्फबाट भारतलाई यो निर्णय लिने अधिकार छ की उ बैठकमा सहभागी हुने वा नहुने भन्ने । भारतीय विदेश मन्त्रालयले उसलाई लिएर १३ मे मा बैठकमा सहभागी नहुने कारण बताएको थियो । यस मामलामा चीनका पर्यवक्षकले पनि अतिशयोक्तिपूर्ण बताएका छन् ।’
समाचारले ‘भारतको उपस्थिति यस फोरमको बैठकको सफलतामा कुनै असर पर्ने छैन तर चिनिया पर्यवेक्षकले वानवेल्ट वान रोडका कारण भारत र चीनको सम्बन्ध विग्रने छ ।’
ग्लोबल टाइम्स लेख्छ,‘भारत र जापान चीसाग होड गर्न चाहन्छन् तर चीनको लक्ष व्यापारको सहजिकरण हो । भारत व्यापक आर्थिक सहयोगका माध्यम एक उदार शक्ति बनि रहेको छ । अफ्री देश तथा भारतीय नागरिकको बीचको सम्पर्कबाट चीनले सिक्न जरुरी छ । ’