
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध जाने पहुँच सुरुङ पूरा भएको छ ।
काम शुरु गरेको चार महिनामा बाँध जाने पहुँच सुरुङको काम आज पूरा भएको हो । सडक पु¥याउन नसकिने भएकाले आयोजनाले पहुँच सुरुङ खनेको आयोजना प्रमुख अच्युत रेग्मीले जानकारी दिए । उनका अनुसार ३१४ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।
आयोजनाको प्याकेज १ अन्तर्गतको निर्माण कम्पनीले गर्नुपर्ने काम सम्झौतामा ढिलाइ भएपछि प्याकेज २ अन्तर्गतको सिनो हाइड्रो कम्पनीले उक्त सुरुङ खन्ने काम पूरा गरेको हो ।