१९ असार २०८३, शुक्रबार

बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान

जेठ २१, २०७८
बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान

पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ ।

जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो । तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताए ।

पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुध्द एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले विमानस्थलको अनुगमनसमेत गरेको अफिसर पोखरेलले जानकारी दिए । अब तुम्लिङ्टार विमानस्थलमा ७२ सिटको उडान योग्य भनी सिफारिस गरे एटीआर–७२ ले उडान शुरु गर्ने पोखरेल बताए ।   

लकडाउनको केही दिनअघि बुद्धले ४७ सिटको जहाजले काठमाडौँ–तुम्लिङ्टार, तुम्लिङ्टार–विराटनगर उडान शुरु गरेको थियो । बुद्धले हप्ताको सातै दिन काठमाडौँ–तुम्लिङ्टार र हप्ताको तिन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङ्टार–विराटनगर उडान गर्दै आएको थियो । तुम्लिङ्टारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेका छन् । यती एयरको ३२ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्