०४ असार २०८३, बिहीबार

चीनमा भेटियो डाइनोसरको अवशेष, ७० प्रतिशत दुरुस्त

जेठ २४, २०७८
चीनमा भेटियो डाइनोसरको अवशेष, ७० प्रतिशत दुरुस्त

चीनमा जीवाश्मवैज्ञानिकहरूले विशाल डाइनोसरको अवशेष फेला पारेका छन् । 
 

दक्षिणपश्चिम क्षेत्रमा रहेको लुफङमा भेटिएको अवशेष ७० प्रतिशत दुरुस्त अवस्थामा फेला पारेका हुन् । डाइनोसरको लम्बाइ लगभग आठ मिटर छ । 

मे महिनाको अन्त्यतिर फेला परेको डाइनोसर १८ करोड वर्षअघिको हो । त्यतिखेरको समयलाई जुरासिक काल भनिन्छ । 
 

डाइनोसर अवशेष संरक्षण तथा अनुसन्धान केन्द्रका प्रमुख वाङ थाओले भने, ‘यसरी डाइनोसरको ठूलो अवशेष संसारमै दुर्लभ हुन्छ ।’

यो अवशेष राष्ट्रिय खजाना भएको र आफूहरूले डाइनोसरको खप्पर उत्खनन गर्ने आशा राखेको उनी बताउँछन् । 

‘हामीले वर्षौं लगाएर पत्ता लगाएको अवशेषबाट यो विशाल लुफेनगोसरस हो भन्ने विश्वास छ । त्यो जुरासिक युगको आरम्भतिर हुने गर्थ्यो,’ उनले थपे । 

केन्द्रले डाइनोसरको कंकाललाई सुरक्षित स्थानमा लग्न खोज्दैछ किनकि त्यहाँ भूक्षयको जोखिम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्