०२ असार २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

जेठ २४, २०७८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

आइतवार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले सोमवार विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मंगलवारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन जेठ १० गते फिर्ता लिएको थियो ।

प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्